प्रधानमन्त्री प्रचण्डले आज राजीनामा दिँदै

Posted on: 23 May, 2017

जेठ ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् ।

राजिनामा दिनु अघि प्रचण्डले आज १ बजे व्यवस्थापिका संसदलाई विशेष सम्बोधन समेत गर्नेछन् । सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।

प्रचण्ड सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो ।

प्रचण्डको ९ महिने अवधि चैतमै सकिएपनि निर्वाचनको कारण प्रचण्डको सरकार केहि लम्बियो । सोमबार बसेको माओवादी हेडक्वाटरको बैठकले पूर्वसमझदारी अनुसार नै प्रधानन्त्रीले राजीनामा दिने निर्णय गरेको थियो । 

प्रचण्डले राजिनामा दिएपछी नयाँ सरकार निर्माणको बाटो खुल्नेछ । त्यस अघि काम चलाउ बन्ने प्रचण्ड नेतृत्वकै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!