जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग

Posted on: 27 May, 2017

जेठ १३, महेन्द्रनगर (धनुषा) | जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा (एमाले) धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ । 

पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका दुई प्रमुख सहर वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुर र बुटवललाई पनि महानगरपालिका बनाउनुपर्ने एमालेले माग गरेको छ । एमालेले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ । 

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा प्रदर्शन गरिएको सो जुलुसमा केन्द्रीय सदस्य श्रीप्रसाद साह, नेत्री जुली महतोलगायतको सहभागिता थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!