रोकिएको मतगणना फेरी सुरु, अझै ५ वडाको गणना बाँकी (मत परिणाम हेर्नुहोस)

Posted on: 27 May, 2017

जेठ १३, चितवन | अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ । 

भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो । 

पछिल्लो मतगणनामा नेकपा (एमाले)का देवीप्रसाद ज्ञवाली अगाडि हुनुहुन्छ । उहाँले ३७ हजार दुइ सय ६६ र नेकपा(माओवादी केन्द्र)की रेणु दाहालले ३५ हजार छ सय ६७ मत प्राप्त गर्नुभएको छ । महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकी छ । हालसम्म १३ वटा वडामा एमाले, सात वटा वडामा नेपाली काँग्रेस र तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!