भरतपुरमा ९७३० मत गन्न बाँकी, कसले मार्ला बाजी ? (यस्तो छ आंकलन)

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौँ |भरतपुर महानगरपालिकामा अब ९७३० मत गन्न बाँकी रहेको छ । अब बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने सम्भावना रहेका वडाहरु हुन् । 

जारी मतगणनाको पछिल्लो मतपरीणाम अनुसार अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीको ११४५ मतको अग्रतामा छन् । जुन मतान्तर पछिल्लो समय रेणुले बिभिन्न वडाबाट बढेर पाएको मत हो ।

१८ नम्बर वडाका वडाध्यक्षमा कांग्रेस विजयी भएसंगै रेणु दाहालको पोल्टामा धेरै मत खसेको छ । अब तीन वडामा मत गणना बाँकी छान्दा रेणुले देबीलाई जितका लागि अझै प्रति वडा ३५० भन्दा बढी मत आफ्नो खातामा हाल्नु अत्यावश्यक छ । नत्र महानगरको नतिजा एमालेको पोल्टामा जाने निश्चित छ । अब गणना हुन बाँकी रहेको भनिएको तीन वडामा कांग्रेसको पकड भनिए पनि वडा नम्बर १९ मा एमालेले आफुलाई शक्तिशाली छौं भनेको अवस्था छ । 

पछिल्लो आंकलन अनुसार रेणुलाई अझै पनि जितका लागि ११०० भन्दा बढी मत आवश्यक छ । कांग्रेसले दावी गरेझैँ तीनै वडामा कांग्रेसले वडा अध्यक्ष जितेपनि जनताले रेणुलाई नै मतदान गरे भन्नेमा विश्वास गर्न सकिन्न किनकी भरतपुरको मतगणनाले सोच्दै नसोचेको नतिजा दिईरहेको छ । कांग्रेस माओवादी तालमेल भएपनि कतिपय कांग्रेसले रेणुलाई मतदान गरेका छैनन्ठा भने केहि वडाबाट राम्रै मत खसेको छ । यो परिणामले एमाले समेत अन्योल अवस्थामा छ तर उसले जित्नेमा भने आशावादी नै देखिन्छ । 

पछिल्लो समय ४/५ वडाको मतगणनाबाट एमालेलाई तनाव बनाएको छ । झन्डै ४ हजार मतान्तरमा पुगेर अग्रता लिएका देवीलाई रेनुले घटाउँदै ११०० मा झारेपछि मत परिणाम कसको पोल्टामा जान्छ भन्न सकिने अवस्था नभएपनि वडा नम्बर २० को मतगणनाले कस्तो रुप दिन्छ भन्नेमा कांग्रेस-एमाले र माओवादी वेट एण्ड सीको स्थितिमा छन् । वडा नम्बर १९ मा जित्ने दावी गरेको एमालेले उक्त वडामा हारेको खण्डमा र रेणुको पक्ष्यमा उक्त वडाबाट २/३०० को अग्रता लिन सकेको खण्डमा एमालेलाइ अफ्ट्यारो पर्ने देखिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!