भरतपुरको मतगणना थप रोचक बन्दै, ७८४ को मतान्तर (यस्तो छ ताजा परिणाम)

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडामध्ये २१ नम्बर वडाको मत गणना जारी हुँदा रेणुलाई राम्रो मत प्राप्त भएको छ । 

जारी मतगणनाको पछिल्लो मतपरीणाम अनुसार अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीलाई ४०९८० मत प्राप्त भएको छ भने कांग्रेस-माओवादीकि उम्मेदवार रेणु दाहालको पक्षमा ४०१९६ मत प्राप्त भएको छ ।

१८ नम्बर वडाका वडाध्यक्षमा कांग्रेस विजयी भएसंगै रेणु दाहालको पोल्टामा धेरै मत खसेको छ भने अहिले गणना हुँदै गरेको वडामा पनि रेणुले राम्रो मत पाईरहेकी छन् । 

पछिल्लो आंकलन अनुसार रेणुलाई अझै पनि जितका लागि ७८४ को मतान्तर घटाउँदै लानुपर्ने आवश्यकता छ ।

यो पनि पढ्नुहोस् 

>> नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढ्यो

>> प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने

यस बिषयमा तपाइको प्रतिक्रिया...!