माओवादी केन्द्रका उम्मेदवार २ दिन देखि बेपत्ता

Posted on: 18 Jun, 2017

असार ४, इलाम | इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन् । 

सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन् । 

बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र, इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिनुभयो । 

उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । वडाध्यक्ष राईको मोबाइलमा फोन लागे पनि फोन नउठेको माओवादी केन्द्रले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!