एमालेका वडा अध्यक्षका उम्मेदवारको घरमा ढुंगा प्रहार

Posted on: 25 Jun, 2017

लोकेन्द्र प्रशाद जोशी | असार ११, दार्चुला | दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ बोहरीगाउँमा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार अजब विष्टको घरमा काग्रेसको प्रचार प्रसारमा आएको टोलीले ढुंगा प्रहार गरेको छ ।

घट्ना लगत्तै प्रहरी घटनास्थल बोहरीगाउँ पुगेकोले कुनै क्षति नभएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घट्नाबारे दुवै पक्षलाई आइतबार बोहरीगाउँमै छलफल गराएर आगामी दिनमा यस्ता घट्ना नदोहोर्याउने गरी लिखित कागज गराइएको छ ।

सहमति पत्रमा आचारसंहिता विपरित क्रियाकलाप नगर्ने, राती हो हल्ला नगर्ने, एक अर्काे उम्मेदवार माथि ढुंगा प्रहार राजनीतिक रुपमा गाली गलौच नगर्ने, अनावश्यक समूह बनाएर नहिड्ने लगाएका सहमति गराइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!