कंचनपुरमा मतदाता परिचयपत्र बितरण शुरु, सबै कर्मचारी मतदान स्थलमा

Posted on: 25 Jun, 2017

असार ११, कञ्चनपुर | कञ्चनपुर जिल्लाका ९ वटा स्थानिय तहका २९३ मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र बितरण शुरु भएको छ । 

आज बिहानै देखि जिल्लाका बिभिन्ना भागका मतदान केन्द्रमा मतदाता परितचय पत्र लिनेहरुको भीडद लागेको छ । २० बर्ष पछि भएको मतदानमा आफनो अधिकार शुनिश्चत गर्न र आफुले चुनेको नेता छान्नका लागि भएपनि आफुहरु मतदाता परिचयपत्र लिन आएको उनिहरुको भनाइ रहेको छ । चुनावमा भोट हाल्न पाउने भन्दै आफुहरुलाइ खुसि लागेको समेत मतदाताहरुको भनाइ रहेको छ ।

यसैबिच जिल्ला निर्वाचन कार्यालयले मतपेटीका मतपत्र लगायतका समग्रीहरु सबै मतदान स्थलहरुमा पठाइसकेको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकृत केशव सिह भण्डारीले आफुहरुले सबै आवश्यक सामग्री मतलान स्थल तथा केन्द्रहरुमा पठाइसकेको र सबै कर्मचारी त्याहा पुगेर आफनो काम शुरु गरिसकेको समेत जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!