एमालेका मेयर उम्मेदवारको घरमा बम विस्फोट

Posted on: 26 Jun, 2017

असार १२, धरान । सुनसरीको धरान उपमहानगरपालिकाका एमालेका मेयरका उम्मेदवार तारा सुब्बाको घरमा बम विस्फोट भएको छ ।

सेतो लुगा लगाएर आएका अपरिचित व्यक्तिले सुब्बाको घरमा बम विस्फोट गराएर फरार भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

आइतबार बेलुका नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार सागर सुवेदीको घरमा पनि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको थियो । 

बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!