स्थानीय निर्वाचन मत परिणाम बर्दिया अपडेट

Posted on: 29 Jun, 2017

सास । असार १५, बर्दिया । 

बर्दियाका ८ ओटै स्थानीय तहहरुमा गणना कार्य भैरहेको छ । 

गणनास्थल : जिल्ला समन्वय समितिको सभाहल गुलरिया, बर्दिया । 

पछिल्लो गणना अनुसार वडा नं. १, २ र ३ को मत गणना भैरहेको छ अबको दुई घण्टामा तीनै वडाको अन्तिम नतिजा प्राप्त हुने बताइएको छ । गुलरिया नगरपालिकामा सम्पूर्ण पदहरुमा एकम्ुष्ठ एमालेले १६८२, काँग्रेसले १६६४, माओवादी केन्द्रले ५४९ मत प्राप्त गरेको छ भने संघिय र नयाँ शक्तिले १००, फोरम लोकतान्त्रिकले ४८ र राप्रपाले ७१ मत प्राप्त गरेका छन् । 

यसैगरी मधुवन नगरपालिकामा माओवादी केन्द्रले १०८३ मतका साथ वडा नं. १ मा अग्रता कायम गरेको छ भने नेपाली काँग्रेसले ८९६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३३४ मत प्राप्त गरेको छ । 

बाँसगढी नगरपालिकाको वडा नं. १ मा माओवादी केन्द्र विजयी भएको छ भने महिला सदस्यमा एमाले, दलित महिला सदस्यमा माओवादी केन्द्र, सदस्यहरुमा माओवादी केन्द्र र एमालेले विजय प्राप्त गरेका छन् । 

बढैयाताल गाउँपालिकाको वडा नं. १ मा अध्यक्षमा नेपाली काँग्रेसले ३११,  उपाध्यक्षमा ३१५ मत प्राप्त गरेका छ भने एमालेले अध्यक्षमा १५५ र उपाध्यक्षमा १४७ मत प्राप्त गरेको छ । यसैगरी माओवादी केन्द्रले अध्यक्षमा ५४२, उपाध्यक्षमा ५२९ मत प्राप्त गरेका छ भने फोरमले अध्यक्षमा ११७ र उपाध्यक्षमा १२ मत प्राप्त गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!