अर्घाखाँचीमा सवै तहको परिणाम सार्वजनिक

Posted on: 03 Jul, 2017

असार १९, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । 

६ स्थानिय तहमध्ये नेपाली कांग्रेसले चार स्थानिय तहमा जित हासिल गरेको छ । सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सहित २५ वडामा जित हासिल गर्दै पहिलो पार्टी भएको छ ।

कांग्रेसबाट सन्धिखर्क नगरपालिकाको प्रमुखमा कमलप्रसाद भुसाल, सितगंगा नगरपालिकाको प्रमुखमा सुर्यप्रसाद अधिकारी, भुमिकाथान नगरपालिकाको उपप्रमुखमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकाको अध्यक्षमा लेखनाथ पोख्रेल, उपाध्यक्षमा तुल्सादेवी श्रेष्ठ र पाणिनीको अध्यक्षमा अच्युत गौतम विजय भएका छन ।

नेकपा माओवादी केन्दबाट भुमिकाथान नगरपालिकाको प्रमुखमा रेशम थापा, सन्धिखर्क नगरपालिकाको उपप्रमुखमा ठाकुरकुमार विक र सितगंगा नगरपालिकाको उपप्रमुखमा टिका रेश्मी विजय भएका हुन । माओवादीले ७ वटा वडामा जित हासिल गरेको छ ।

नेकपा एमाले एक गाउँपालिकाको अध्यक्ष २ गाउँपालिकाको उपाध्यक्षमा जितेको छ । एमालेबाट मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्य, उपाध्यक्षमा प्रमिला क्षेत्री, पाणिनी गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी गौतम विजय भएका छन । एमालेले २५ वटा वडामा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले ४ वडामा जित हासिल गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!