देउवा-दाहाल फोन संवाद: आज मन्त्रिपरिषद विस्तार हुँदै

Posted on: 25 Jul, 2017

साउन १०, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाएका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार(आज) मन्त्रिपरिषद विस्तार गर्ने जनाएका हुन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने वचन दिएका थिए ।  मन्त्रिपरिषद विस्तारमा धेरै ढिलाई भएको भन्दै दाहालले प्रधानमन्त्रीको आलोचना गरेको थिए । -कान्तिपुर दैनिक 


यस बिषयमा तपाइको प्रतिक्रिया...!