विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा को-को ? (सूचिसहित)

Posted on: 26 Jul, 2017


साउन ११, काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ । 

राजधानीमा पत्रकार सम्मेलन गरेर बुधबार दुई पार्टीको एकता घोषणा गरिएको हो । दुबै पार्टीबाट १७/१७ जना सामेल हुने गरी ३४ जना केन्द्रीय समिति गठन गरिएको गरिएको छ ।

प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म  ५१ सदस्यीय केन्द्रीय कमिटि बनाइने विवेकशील साझा पार्टीले जनाएको छ ।  

केन्द्रीय समितिमा को-को परे ?

नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा,अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् ।

 त्यस्तै अन्य  सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् ।  चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ । 

 नयाँ बनेको पार्टीको २ वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!