अचारसंहिता उलंघन गर्नेलाई जनताले पाठ सिकाउने : नेता कोइराला

Posted on: 01 Sep, 2017

भदौ १६, पर्सा। स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आज वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी हुनुभएका नेता कोइरालले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अचारसंहिता उलंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताउनुभयो । 

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अचारसंहितको पूर्णपालना हुनु सबैको हितमा भएको बताउँदै उहाँले अचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!