प्रदेश नम्बर २ मा पहिलो महिला मेयर: माओवादीले जित्यो अर्को नगरपालिका

Posted on: 21 Sep, 2017

असोज ५, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ कै पहिलो महिला मेयर जित्दै माओवादी केन्द्रले पाँचौं स्थानमा जित दर्ता गराएको छ ।

रौतहट जिल्लाको मौलापुरकी माओवादी केन्द्रकि उम्मेदवार रिनाकुमारी साह प्रदेश नम्बर २ कै पहिलो महिला मेयर बन्न सफल बनेकी हुन् । साहले ३९१२ मत पाएकी छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले १५२९ मत प्राप्त गरेका छन् । निकै फराकिलो मतान्तरले जितेकी साहसंगै मौलापुरको उपमेयर माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवाल विजयी भएका छन् ।

हालसम्म प्रदेश नम्बर २ मा कांग्रेसले ८ स्थान जित्दै पहिलो स्थानमा छ भने माओवादी केन्द्र ५ तहमा जित्दै दोश्रो स्थानमा छ त्यस्तै एमाले चौथो स्थानमा छ । त्यस्तै राजपाले ३ स्थानमा जित दर्ता गराएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!