चिनीवाट वनाईएको १५ क्विन्टल नक्कली मह नष्ट गरियो

Posted on: 26 Oct, 2017

इमरान खान/कात्तिक ९,कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा मंगलवार बरामद गरिएको चिनीबाट निर्मित नक्कली मह प्रहरीले बुधबार नष्ट गरेको छ ।

प्रहरीले चिनी पकाएर चास्नी बनाई केमिकल, फिटकिरी, युरिया लगायतको मिसावटबाट निर्माण गरिएको १५ क्विन्टलनक्कली चिनीमह बरामद गरेको थियो । प्र्रहरीले चिनी मह बनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत जफत गरेको थियो ।


वडा प्रहरी कार्यालय चन्द्रौटाले पत्रकार सम्मेलन गरी प्रहरी परिसरमा खाल्डो खनी नक्कली मह बुधबार नष्ट गरेको हो । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, ईलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, संचारकर्मी तथा स्थानिय लगायतको उपस्थितिमा नक्कली मह नष्ट गरिएको प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

शिवराज नगरपालिकालाई खुला दिसामुक्त बनाउने अभियानसँगै त्यस बस्तीमा पुगेको अभियान टोलीले मंगलबार विहान १५ क्विन्टलनक्कली चिनीमह बरामद गरेको थियो ।

चिनी पकाएर चास्नी बनाई केमिकल, फिटकिरी, युरिया लगायतको मिसावटबाट निर्माण गरिएको महले मानव स्वास्थ्यमा ठूलो असर गर्ने बताइन्छ । नक्कली मह बनाउने ले पहाडी क्षेत्रमा गई मौरीको मह भन्दै नक्कली महलाई उनीहरुले २सय रुपैयाँदेखि ५सय रुपैयाँसम्ममा विक्री गर्ने गरेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!