प्रचण्डले आँशु थाम्न सकेनन्, प्रचण्ड र बाबुराम अँगालो हालेर रोए

Posted on: 19 Nov, 2017

मंसिर ३, काठमाडौं । आफ्ना छोरा प्रकाश दाहालको निधनले पुर्वप्रधानमन्त्री प्रचण्ड मर्माहत बनेका छन् ।

छोरालाई अस्पताल लागिएको खबर पाएपछी हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आएका थिए । छोराको निधनमा मर्माहत बनेका प्रचण्ड छोराको पार्थिव सरिर देखेर आँशु थाम्न सकेनन् । उनले आफूलाई सम्हाले । तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।


माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली अर्पण गरेका थिए । 

प्रकाशको पार्थिव सरिरलाई अन्त्यष्टिको लागि पशुपति आर्यघाट तर्फ लागिएको छ । पशुपतिमा समेत प्रकाशको पार्थिव सरिरलाई अन्तिम श्रद्धाञ्जली दिने तयारीमा छन् । 

भटराई र प्रचण्ड अँगालो हालेर रोए 

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढेर प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।

भेट हुनासाथ प्रचण्ड र बाबुरामले अँगालो हालेर रोए । भट्टराई र प्रचण्ड एक-अर्कालाई देख्नासाथ रोएका थिए । माओवादी पार्टी परित्याग गरेपछि भट्टराईले पहिलो पटक आज पेरिसडाँडामा पाइला टेकेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!