डोल्पामा एमाले र काँग्रेसका कार्यकर्ता बिच झडप

Posted on: 23 Nov, 2017

टेक शाही/मङ्सिर ७, डोल्पा । मँसिर १० गते हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन हुने दिन निजीकिदै गर्दा डोल्पाको छार्काताङस्योङ गाँउपालिकाको कागकोटमा गए राति नेकपा एमाले र नेपाली काँग्रेस बिच झडप भएको छ । 

एमालेका कार्यकर्ताको गएको र नेपाली काँग्रेसका कार्यकताहरुलाइ खान बस्न नदेउ भनेर एमालेका कार्यकताले भने पछि हातहालाहालको अबस्था सृजना भएको प्रहरिले जानकारि दिएको छ । 

नेपाली काँग्रेसका कार्यकता थोरै भएको र आफनो परिचय लुकाउन खोजेकोले ठुलो हुलमा रहेका एमालेका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्ता माथि धावा बोलेको र सामान्य हात हालहाल भए पछि काँग्रेसका कार्यकर्ता भागेको प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले जानकारि दिए । 

उनका अनुसार हातहालाहालको अबस्था भए पछि काँग्रेसका कार्यकर्ता भागे पछि सामान्य घाइते भएको र तयस क्षेत्रमा नेपाल प्रहरि र नेपाली सेनाले सुरक्षा दिएको पनि बताए । 

सामान्य घाइते हुनेमा ठुलीभेरि नगरपालिका ८ का जिवन भण्डारि रहेको प्रहरिले जानकारि दिएको छ । घाइते भण्डारिलाइ अस्पतालमा जाचको लागि पठाउदा कुनै ठुलो समस्या नभएको जानकारि आएको प्रहरि प्रमुख शर्माले जानकारि दिए ।उनले भने बाहिर हल्ला भए जस्तो रुखमा बाधेर कुटपटि नगरेको सबै हल्ला मात्र भएको बताए । 

तर यता नेपाली काँग्रेसका सभापति अँगद कुमार बुढाले भने आफना कार्यकर्ता कुटिएको र सुरक्षा ब्यवस्था चुस्त दुरुष्त नभएको बताएका छन । उनका अनुसार चुस्त दुरुस्त सुरक्षा ब्यवस्था नभएर मतदाता र आफना पार्टिका एजेन्टको सुरक्षा ग्यारेन्टी नलिए माथिल्लो डोल्पाको चुनावमा सहभागि नहुने बताए । 

झडपमा एमालेका कार्यर्ताले काँग्रेसका कार्यकर्ताको एजेन्ट पत्र समेत च्यातेको आरोप लागएको छ । माथिल्लो डोल्पाको प्रचारप्रशारमा गएका आफना कार्यकर्तालाइ राति भर रुखमा बाँधेर कुटपटि गरेको नेपाली काँग्रेसका आरोप छ । 

तर यता प्रहरिले भने सबै हल्ला भएको जानकारि दिएको छ भने नेकपा एमालेले यस बिषयमा कुनै पनि आधिकारिक कुरा बाहिर सार्वजानिक गरेको छैन ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!