डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन

Posted on: 26 Nov, 2017

मङ्सिर १०, डोल्पा । उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन भएका छन् । 

उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । 

उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका स्थित २३ मतदाता भएको फोदगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!