दार्चुलामा भेटिएका तीनवटा होक्स वम सेनाद्धारा निष्कृय

Posted on: 26 Nov, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १०, दार्चुला । आइतबार सदरमुकाम खलंगाको तीन स्थानमा भेटिएको होक्स वम नेपाली सेनाले निष्कृय पारेको छ । 

आइतबार बिहान मतदाता तर्साउन राखेका वम सत्रुभञ्जन गुल्मका गुल्मपति सन्तोष गुरुङ नेतृत्वको टोलीले निष्कृय पारेको हो । 

सदरमुकाम खलंगाका महेन्द्र मावि, अपि नाम्पा संरक्षण क्षेत्र कमाउण्ड भित्र रहेका दुइ वटा मतदान केन्द्र तथा व्यासबाट खलंगा सारिएका कैलाशपति निमावि छागंरु र मोती महिला संघ प्रावि तिंकर केन्द्रमा जाने मतदाता तर्साउन बम राखेको पाइएको सेनानी गुरुङले बताउनुभयो । 

दुवै विष्फोटक पदार्थ राखिएको वम पलाष्टिकमा बेरेर राखेका थिए । आर्मी गेट नजिकै रहेको होटल छेउमै बम फेला परेको थियो । मतदाताहरु बिहानै मतदान केन्द्र आउने क्रममा देखेपछि सुरक्षाकर्मीलाइ खबर गरेका थिए । 

यसैगरी अहिले पौने दुइ बजे बीरेन्द्र वन नजिकको मतदान केन्द्र छेउमै बम भेटिएको छ । अज्ञात समूहले वम राखेर मतदाता तर्साउन खोजेको सुरक्षाकर्मीले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!