टाउको फोड्नेहरुको बुई चढ्दा एमाले उम्मेदवारको मत परिणाम सुल्टियो

Posted on: 07 Dec, 2017

दलसिंह गिरी/मङ्सिर २१, कालिकोट । करिव २०६६ साल तिर पार्टी कार्यालयमा बसिरहेको अवस्थामा तत्कालिन नेकपा माओवादीको आक्रमणमा परी टाउको फोडिएका एमालेका पूर्व अध्यक्ष कुमराज शाहीलाई बाम गठबन्धनले ठूलो राहत मिल्ला जस्तो देखिएको छ ।

अहिले भईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको मत गणनाको परिणाम हेर्दा शाहीको अग्रता देखिएको छ । प्रदेश सभा क्षेत्र नं. क मा बाम गठबन्धनको तर्फबाट प्रदेश सभाको उम्मेदार उठेका शाहीले यो समाचार तयार पार्दा सम्म भारी मतान्त्ररले अगाडी बढेका देखिन्छन् । 


बाम गठबन्धनका शाहीले १ हजार ३ सय २५ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रिक गठबन्धनका नेपालीकांग्रेस उम्मेदार टेकराज शाहीले ३ सय ११ मत ल्याएर पछी पछी दौडिएका छन् ।

तत्कालिनका माओवादीले २०६५ चैत्र मसान्त तिर नेपाल बन्द गरिरहेको बेला नेकपा एमालेले पार्टी अफिस खोलेको भन्दै तत्कालिन अध्यक्ष शाहीलाई आक्रमण गर्दा टाउकोमा गम्भिर चोट लागेको थियो ।

यस्तै प्रतिनिधि सभाको लागि कालिकोटबाट बाम उम्मेदार दुर्ग बहादुर रावत ८ सय ७ मतले अग्र स्थानमा रहेका छन् भने उनका प्रत्यासी लोकतान्धिक गठबन्धनबाट नेपाली कांग्रेसका भुपेन्द्र जंग शाही ५ सय ८५ मत ल्याएर पछि पछी दौडिएका छन् । 

उता प्रदेश सभाका लागि क्षेत्र नं. ख का उम्मेदार लोकतान्त्रीकका सहकारी र बामका शाही विच १ सय ५० मतको अन्तर रहेको छ । शाही भन्दा सहकारी अगाडी रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!