अहिलेसम्म समानुपातिक तर्फको ३,८२,४२२ मत गनियो, कसले कति पाए ? (६:२०)

Posted on: 10 Dec, 2017

मङ्सिर २४, काठमाडौँ | प्रत्यक्ष तर्फको मत गणना सम्पन्न भएका जिल्लाहरुमा समानुपातिक तर्फको मत गन्न सुरु भएको छ । ६ बजेर २० मिनेट जाँदासम्मको ताजा मत परिणाम  अनुसार विभिन्न जिल्लाका गरी ३ लाख ४० हजार २२३ मत गनिसकिएको छ।

हालसम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अग्रता लिएको नेकपा एमालेले समानुपातिकमा समेत अग्रता लिएको छ। नेकपा एमालेले १ लाख ४६ हजार ९५४ मत पाएको छ ।

त्यस्तै दोश्रो स्थानमा कांग्रेस छ, उसले १ लाख ४१ हजार ५२७ मत पाएको छ । 

त्यस्तै माओवादी केन्द्रले ६७ हजार ३ सय १९ मत पाएको छ । त्यस्तै चौथो स्थानमा नयाँ शक्ति पार्टी नेपालले ७ हजार २९४ मत पाएको छ भने पाँचौं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ७९२ मत पाएको छ । 

त्यस्तै छैटौं स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ३ हजार ५६५ मत प्राप्त गर्दा विवेकशील साझा पार्टी सातौँ स्थानमा रही अहिलेसम्म २ हजार २९७ मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १ हजार ६४०, एकल चिन्ह हसिया तारा लिएको पार्टीले १ हजार ४५१, संघीय समाजवादी फोरम, नेपालले ९६५ र अन्यले ४ हजार ११८ मत पाएको अवस्था छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!