नवलपरासीका किसानलाई क्षतिपूर्ति दिलाउनको लागि पुर्व सांसद केन्द्रमा

Posted on: 31 Dec, 2017

श्याम थापा/पुस १६, नवलपरासी । गत साउनमा आएको बाढीले सुस्ता गाउँपालिकाको वार्ड न १ र २ मा डुबाएर क्षति पुराएको बालिनालीको क्षतिपूर्ति किसानहरुलाई दिलाउनको लागि नवलपरासी जिल्लाको पुर्व सांसद देवकरण प्रसाद कलवार र बिक्रम खनाल दुबै पुर्व सांसद यति खेर सिचाइ मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेका छ्न । 

गत साउनमा आएको बाढीले सुस्ता गाउँपालिकाको वार्ड न १ र २ गरि करिब १ हजार बिगाहामा लगाएको बालीनालिको पुर्ण रूपमा क्षति पुराएको थियो । सो बालिनालीको क्षतिको रकम २ करोड ४६ लाख बराबरको रकमको क्षतिपूर्तिको तथ्यांक सहितको बिवरण सिचाइ मन्त्रालयले अर्थ मन्त्रालयलाई पेश गरिसकेको पुर्व सांसद बिक्रम खनालले जानकारी दिनु भएको छ । 

उक्त क्षतिपूर्तिको रकम प्रदेश र प्रतिनिधि सभाको चुनावको कारणले गर्दा किसानहरुलाई उपलब्ध गराउन ढिलाइ भएको र अब सो क्षतिपूर्तिको रकम तत्काल किसानहरुलाई उपलब्ध गराउने अर्थ राज्य मन्त्री उदय शमशेर जबराले प्रतिबद्धता गर्नु भएको काठमाडौं बाट पुर्व सांसद देवकरण प्रसाद कलवारले जानकारी दिनु भएको छ ।

सुस्ता गाउँपालिका वार्ड न १ का अगुवा कृषक पबित्रा न्यौपानेको नेतृत्वमा गएको टोलीमा पुर्व सांसद बिक्रम खनाल, पुर्व सांसद देवकरण प्रसाद कलवार,क्षेत्रीय सभापति मुकुल कुमार आचार्य रहनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!