प्रदेश ७ को राजधानी दिपायल माग गर्दै डोटीमा बन्द, मोटरसाइकलमा आगजनी

Posted on: 03 Jan, 2018

पुस १९, डोटी । प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा बुधबार बिहानैदेखि चक्का जाम भएको छ ।

आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेका छन् । चक्का जामका कारण सिलगढी, बाजुरा तथा अछामबाट तराईका लागि छुटेका गाडी रोकिएका छन् ।

आन्दोलनकारीले मोटरसाइकल जलाए 

प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले एक मोटरसाइकलमा आगजनी गरेका छन् । 


डोटी जिल्ला सदरमुकाम सिलगढीमा मोटर साइकलमा आगजनी गरिएको हो। ७ नम्बर प्रदेशको राजधानी डोटी बनाउन माग गर्दै आएका आन्दोलनकारीले बन्दको अबज्ञा गरेको भन्दै से १ प ८८६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन्।

राजधानी माग गर्दै संघर्ष समितिले एकहप्तादेखि शान्तिपूर्ण र्‍याली आयोजना गर्दै आए पनि त्यसको सुनुवाई हुनुको सट्टा राजधानी धनगढीका लागि सिफारिस गरिएको भन्दै चक्का जाम सुरु भएको हो । आन्दोलनकारीले ढुंगा, मुढा राखेर बाटो अबरोध गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!