माओबादी मन्त्रीहरुले दिए सामहिक राजिनामा

Posted on: 12 Jan, 2018

पुस २८, काठमाडौं  । नेकपा माओवादी केन्द्रको तर्फबार सरकारका रहेका मन्त्रीहरुले सामुहिक रकाजिनामा दिएका छन् । 

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले सामुहिक राजीनामा दिएको पत्र बुझाएका हुन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पोखरेलले सरकारबाट बाहिरिने बेहोराको प्रत्र बुझाएका हुन् ।  माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका नौ मन्त्री र सात राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा विनाविभागीय मन्त्री बनाएका थिए । विनाविभागीय मन्त्री बनेको ८६ दिन पछि माओवादी मन्त्रीहरुले राजीनामा दिएका हुन् । 

कांग्रेस–माओवादी ‘आलोपालो’ सरकार चलाउने निर्णयका साथ देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी भएको थियो । माओवादीले असोज १७ मा सरकारमै रहेर तात्कालीन प्रतिपक्षी एमालेसँग प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा तालमेल गर्ने र पार्टी एकता नै गर्ने निर्णय गरेपछि उसका मन्त्रीलाई सरकारबाट हट्न त्यसबेलै दबाब बढेको थियो । तर पनि माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थिएन ।

नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिएका कारण नैतिकताका आधारमा राजीनामा दिएको पोखरेले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!