गायिका कोमल वली राष्ट्रियसभाको उम्मेदवार, एमालेबाट को-को छानिए १३ उम्मेदवार ?

Posted on: 23 Jan, 2018

माघ ९, काठमाडौं । नेकपा एमालेको तर्फबाट गायिका कोमल वली राष्ट्रियसभाको उम्मेदवार बनेकी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र का उम्मेदवारको टुंगो लगाएको हो । जसमा गायिका वलीलार्इ प्रदेश ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । वली चुनावको केही अघि एमाले प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमाले प्रवेश गरेकी उनले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि वागी उम्मेदवारी समेत दिएकी थिइन् । तर, एमाले नेतृत्वले फिर्ता गराएका थिए ।


१, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारहरू भने छनोट हुन बाँकी छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवारहरुको चयन भने भोलि हुनेछ ।

को-को बने तीन प्रदेशबाट एमालेका उम्मेदवार ? 

प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी

२. खिमलाल भट्टराई (खुला), रुपन्देही

३. मीना बुढा (महिला), रोल्पा

४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला

२. नन्दा शर्मा ( महिला), सुर्खेत

३. नरपति लोहार (दलित), कालिकोट

४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट

५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७

१. कमला ओली (महिला), कैलाली

२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर

३. शेरबहादुर कुँवर (खुला), अछाम

४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा


यस बिषयमा तपाइको प्रतिक्रिया...!