सर्वोच्चद्वारा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश

Posted on: 22 Feb, 2018

फागुन १०, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ ।

इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

इजलास अनुसार इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्न नसकिनुको कारण छ ७ दिन भित्र लिखित पेस गर्न समेत आदेश दिएको छ ।

यातायात व्यवस्था विभागले भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो । प्रदेश संरचना अनुसार इम्बोस्ड नम्बर प्लेट बनाउने भनिएपनि पहिलेकै अंचल संरचना अनुसार बनाइएकोले कतिपयले इम्बोष्ट नम्बर प्लेट तत्काल लागु नगर्न सल्लाह दिँदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!