प्रदेश ६ को नाम 'कर्णाली', राजधानी सुर्खेत

Posted on: 24 Feb, 2018

फागुन १२, सुर्खेत । प्रदेश नं. ६ को नामाकरण गरिएको छ । आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको हो । 


नेकपा एमलेका संसदस्य दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली राखियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

कंडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश नं ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने हुनाले उक्त नाम उपयुक्त भएको जिकिर गरे । यो प्रदेशको ऐतिहासिक पहिचान नै कर्णाली भएकाले पनि राष्टिय र अन्तर्राष्टि रुपमा चिनाउका लागि कर्णाली नाम राखिनुपर्नेमा उनले जोड दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले पनि उक्त प्रस्तावमाथि समर्थन जनाउँदै प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको बताए । त्यसैगरी राष्टिय प्रजातन्त्र पार्टीका सांसद शोसिला शाहीले पनि प्रदेशको नामाकरण सम्बन्धि कंडेलको प्रस्तावमा समर्थन जनाएकी थिईन ।

नामाकरण सम्बन्धिको प्रस्ताव मतविभाजनमार्फत पारित गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!