'सुखी नेपाली, समृद्ध नेपाल निर्माणको सपना साकार' : खनाल (भिडियो सहित)

Posted on: 24 Feb, 2018

प्रज्वल पौडेल । फाल्गुन १२, काठमाण्डौ | नेकपा एमाले बरिष्ठ नेता झलनाथ खनालले 'सुखी नेपाली समृद्ध नेपाल निर्माणको सपना साकार' हुने बताउनुभएको छ । उहाँले यस पटकको निर्वाचनमा एमाले पहिलो भएको र वामगठबन्धनको बहुमत रहेकाले देशमा लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा कार्यान्यन गर्दै देशमा अव आउने परिवर्तनको नेतृत्व गर्ने धारणा राख्‍नुभयो । नेकपा एमाले रामेछाप काठमाण्डौ सम्पर्क मञ्‍चले राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


उहाँले निर्वाचनमा वामगठबन्धनले ऐतिहासिक सफलता हासिल गरेको धारणा राख्‍नुभयो । उहाँले भन्‍नुभयो - 'अहिलेको सफलताले नेपाल कम्युनिष्ट आन्दोलन, लोकतान्त्रीक आन्दोलन, सम्पूर्ण नेपाली जनताको र नेपाल राष्ट्रको सफलता भएको छ ।'


नेता खनालले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने बताउनुभयो । विभिन्न कालखण्डमा दुइ पार्टीबीच उतारचढाव आएपनि संसदको निर्वाचनको संघारमा दुइपार्टीबीच कार्यगत एकता सँगै अहिले पार्टी एकताको प्रक्रियाको अन्तिम चरणमा पुगेको बताउनुभयो । समाज र राष्ट्रमा आएको परिवर्तनले दुइ पार्टीलाइ एक स्थानमा ल्याएको दाबी गर्दै उहाँले एक अर्काको मत भिन्नतालाइ कम गर्दै विभिन्न घडीमा सरकारमा सँगै रहँदा आत्मियता बढेकाले एकता सम्भव भएको धारणा राख्‍नुभयो । 

सम्पर्क मञ्‍चका अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेता खनाललाइ सम्मान समेत गरिएको छ । भने नेता खनाल मार्फत रामेछापका ४ जना सांसदलाइ सम्पर्क मञ्‍चले सम्मान समेत गरेको छ । सांसदहरुले रामेछापको विकास निर्माणमा एकताबद्ध भएर जनताले परिवर्तनको महसूस गर्ने गरी काम गर्ने बताएका छन् ।

भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!