मन्त्री पण्डितको एक्सन: सोल्टी र द्वारिकाजलाई कारवाही, ४ अस्पताललाई कारवाहीको पत्र

Posted on: 25 Feb, 2018

फागुन १३, काठमाडौँ | आम जनतामा आशाका केन्द्र बनेका मन्त्री लालबाबु पण्डितले आफ्नो एक्सन सुरु गरेका छन् । मन्त्री पण्डितले पाँच तारे होटल र अस्पताललाई कारवाही सुरु गरेका हुन् ।

मन्त्री पण्डितले मापदण्ड विपरीत काम गरेको भन्दै काठमाडौंका ठूला होटल र अस्पताललाई कारवाही सुरु गरेका हुन् । पण्डितले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी सेवा सञ्चालन गरेको आरोपमा आज काठमाडौंको पाँचतारे होटलहरु सोल्टी र द्वारिकाजलाई एक/एक लाख जरिवाना तिराउने निर्णय गरेका छन् ।

त्यस्तै काठमाडौंकै काठमाडौँ गेष्ट हाउस, सिटी होटललाई पनि १/१ लाख जरिवाना गराएको छ । त्यस्तै मन्त्री पण्डितले वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालनमा नआएको पाइएपछि काठमाडौंका चारवटा ठूला हस्पिटललाई पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका छन् । मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्रालयले काठमाडौंको कलंकीमा सञ्चालित नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्री बाल हस्पिटल, भृकुटीमण्डपको काठमाडौं मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको हो ।

मन्त्री पण्डितले आजै तनहुँको आँबुखैरेनी सिमेन्ट इन्डस्ट्रिज, मोरङको कमला रोलिङ मिल प्रालिलाई ५०/५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!