गुल्मी काँग्रेसको ५० दिने महाअभियानको पहिलो चरण सम्पन्न

Posted on: 22 Apr, 2018

प्रेम सुनार/बैशाख ९, गुल्मी । नेपाली काँग्रेस गुल्मीको ५० दिने महाअभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत आठौं दिन शनिवार  जिल्लाका विभिन्न स्थानमा भव्यताका साथ कार्यक्रमहरु सपन्न भएका छन । 


बैशाख १ गते देखि सुरु भएको अभियान जिल्लाका ९३ वटै वडामा पार्टीले खटाएका प्रतिनिधिहरु पुगेर कार्यतालिका अनुसार प्रतिनिधिहरुले कार्यक्रमहरु गरेका छन । आज धेरै जसो वडामा प्रतिनिधिहरुले क्रियाशिलता सदस्य परिचय पत्र वितरण गरेका छन । 

त्यस्तै सदरमुकाम स्थित रेसुङ्गा नगरपालिकाका विभिन्न वडामा पनि क्रियाशिलता सदस्य परिचय पत्र वितरण गरिएको थियो । रेसुङ्गा नगरपालिकाको वडा नं। १ को कार्यक्रम आज वी।पी। स्मृति भवन गुल्मीमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, विशेष अतिथि नेपाली काँग्रेस गुल्मी का सचिव खिलध्वज पन्थी, शालिक पन्थी, नेपाली काँग्रेस गुल्मीका उपसभापति विष्णुप्रसाद वलाल र वडा नं १ का जिल्ला प्रतिनिधि हरिकुमार श्रेष्ठको विशेष आतिथ्यता, सभापति केशव पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव जिवलाल पन्थीले गर्नुभएको थियो । 


कार्यक्रममा ५० दिने महाअभियानको बारेमा जिल्ला प्रतिनिधि श्रेष्ठले प्रकाश पार्नु भएको थियो । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं। १० सिमिचौरमा पनि विशेष भेला सम्पन्न भएको छ । भेलामा नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस गुल्मीका पार्टी उपसभापति विष्णुप्रसाद वलाल, नेपाली काँग्रेस गुल्मीका सदस्य श्रीप्रसाद भलामी र नेपाली काँग्रेस रेसुङ्गा नगरपालिकाका सभापति छवि पाण्डे समेत भेलालाई सम्वोधन गर्नु भएको थियो । 

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं। १२ दुविचौरमा पनि महाअभियान सम्वन्धी विशेष भेला सम्पन्न भएको छ । त्यस भेलाको सम्वोधन नेपाली काँग्रेस गूलमीका पार्टी सचिव खिलध्वज पन्थीले गर्नु भएको थियो । भेलामा जिल्ला प्रतिनिधि अमृता देवि कुँवर र त्यहाँ सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्था लगायतको उपस्थित रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!