केहि बेरपछि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

Posted on: 23 Oct, 2020

कात्तिक ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने थापाले बताए ।

पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गरेको विषयलाई लिएर प्रधानमन्त्री आलोचित छन् ।

त्यस्तै सरकारले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्गबाहेक अरुको कोरोना संक्रमणको उपचार सशुल्क गर्ने सरकारको निर्णयको पनि आलोचना भइरहेको छ । प्रधानमन्त्रीको सम्बोधनमा यी विषय पनि समेटिने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!