उपचारका लागि बाबुराम भट्टराई नयाँ दिल्ली प्रस्थान

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ दिल्ली प्रस्थान गरेका छन् । भट्टराई आइतबार नेपाल वायुसेवा निगमको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । 

उनी लामो समयदेखि पेटको समस्याबाट पिडित छन् । स्वास्थ्य उपचारका लागि भट्टराई नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरेका थिए । 

उनको उपचार भारतको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!