सर्वोच्चले गर्यो संसद विघटन गर्ने निर्णय बदर, संसद पुनर्स्थापना

Posted on: 23 Feb, 2021

फागुन ११, काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजालासले सरकारले गरेको संसद विघटन गर्ने निर्णय बदर गरेको हो । योसंगै प्रतिनिधिसभा पुनर्स्थापना भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।  ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!