सरकार र विप्लव समूहबीच भएको सहमतिका तीन बुँदामा के छ ?

Posted on: 05 Mar, 2021

फागुन २१, काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार तिन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा दुबै तर्फका वार्ता टोली संयोजकले हस्ताक्षर गरेका हुन् ।


सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा 'बादल' र विप्लव समूहका तर्फबाट वार्ता टोली संयोजक प्रकाण्डले हस्ताक्षर गरेका छन्  ।


यस्ता छन्  सहमतिका तीन बुँदा हेर्नुहोस :

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!