संसद बैठक १० मिनेटका लागि स्थगित

Posted on: 07 Mar, 2021

फागुन २३, काठमाडौँ ।  संसद बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । आइतबार अपराहन्न बसेको बैठकमा कांग्रेस र जसपाले नाराबाजी गरेपछि सभामुख अग्नि प्रशाद सापकोटाले १० मिनेटका लागि स्थगित गरेका हुन् । 

सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धि अध्यादेश खारेजीको माग गर्दै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । यसअघि नेकपा पुष्पकमल दाहाल 'प्रचण्ड'-माधव कुमार नेपाल पक्षले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश फिर्ता लिन आग्रह गरेकी थिइन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!