माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ। शुक्रबार बिहान ८ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आगामी राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल भएको छ।

प्रमुख सचेतक समेत रहेका नेता देव गुरुङले आवयश्कताअनुसार पुनः बैठक बस्ने जानकारी दिए। राष्ट्रिय सम्मेलनमा केन्द्रीत रहेर आजको बैठकमा विभिन्न छलफल गरिए पनि कुनै औपचारिक निर्णय भने नभएको उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!