रौतहतमा श्रीमानले हानेको ढुंगाले लागेर श्रीमतीको ज्यान गयो

Posted on: 20 Apr, 2016
वैशाख ८, रौतहट । गएराति रौतहटको भसेढवामा श्रीमानले हानेको ढुङ्गाले लागेर श्रीमतीको ज्यान गएको छ । घरायसी विवादमा गएराति १० बजे रामनारायण दासले हानेको ढुङ्गाले लागेर २४ वर्षिय श्रीमती मन्जु देवीको मृत्यु भएको हो । रामनारायण दास घटनापछी आफैँ प्रहरीको सम्पर्कमा आएको ईलाका प्रहरी कार्यालय कटहरीया, रौतहटले जानकारी दिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!