गुल्मीमा आमाको हत्या गर्ने छोरा पक्राउ

Posted on: 24 Sep, 2016

प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मीको दिव्रुङ्गमा बृद्धा आमालाई हत्या गरी फरार भएका छोरा शुक्रबार पक्राउ परेका छन् । बुधवार राती दिब्रुङ्ग गाविस वडा नम्वर २ मा  ७१ बर्षीय आमा मोती काउछालाई हत्या गर्ने ४१ बर्षिय छोरा विरबहादुर काउछालाई शान्तिपुर ईलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरीको टोलीले छिमेकीको गोठमा लुकेर वसी रहेको वेला पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका  प्रमुख एसपी भोला रावलले दिएको जानकारी अनुसार निज विरुद्ध  जिल्ला अदालतमा मुद्धा दायर गरी सकिएको छ । बृद्धका श्रीमान १५ वर्ष अघिनै मृत्यु भएका थिए । एकल महिला बनेकी मोतीकला संग ति हत्या अभियोगी छोरा बस्ने गर्दथे । उनका जेठा अरु छोरा  जिल्ला वाहिर रहेका छन् ।

प्राय सधै जसो मदिरा सेवन गर्ने विरबहादुरले आमालाई कोदालोको पासोले टाउकोमा प्रहार गरी हत्या गर्नको कारण खुलेको छैन् । प्रारिम्भक अनुसन्धानमा  रातको समयमा आमाले खान नदिएर  आवेशमा आई हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!