तीस किलो गाँजासहित तीन पक्राउ

Posted on: 31 Jan, 2016

माघ १७, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले चितवनको चण्डीभञ्ज्याङ – ६ कालीखोलाबाट पिप्ले– ७ निवासी ६१ वर्षीय पदमराज त्रिपाठी तथा चण्डीभञ्ज्याङ –५ बस्ने ४० वर्षीय सुनबहादुर गुरुङ र ५९ वर्षीय पानबहादुर गुरुङलाई बिहीबार पक्री आज सार्वजनिक गरिएको जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!