चितवनमा ट्याक्टरले किचेर बालकको ज्यान गयो

Posted on: 26 Apr, 2016

बैशाख १४, चितवन । ट्याक्टरले किचेर चितवनको माडीमा एक बालकको ज्यान गएको छ । माडी नगरपालिका-१२ स्थित गणेशगञ्जमा भएको उक्त दुर्घटनामा ३ वर्षका श्रवण दवाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

मृतक दवाडी स्थानीयवासी शालिग्राम दवाडीका छोरा भएको प्रहरीले बताएको छ । ना.५ त४२ नम्बरको ट्याक्टरको पछाडि झुन्डिएर गइरहेका तीन वर्षका बालकलाई आज बिहान ८ बजेतिर सोही ट्याक्टरले किचेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!