१३ फारार अभियुक्त पक्राऊ

Posted on: 30 Sep, 2016

असोज १४ पर्वत । जिल्ला  प्रहरी कार्यालय पर्वतले १३ जना फरार अभियुक्तलाई पक्राऊ गरेको छ ।

अदालतले दोषि ठहर गरी फैसला सुनाएर फरार रहेका १३ जना अभियुक्तलाई जिप्रकाले पक्राउ गरी अदालतमा बुझाएको छ ।
जसमध्ये बाजुङ४ बस्ने शैलेन्द्र कुंवर देउपुर ३ का जय बहादुर खत्री पक्राउ परेका छन् । कुँवर सार्वजाकिन अपराध अन्तरगत अदालतले २ हजार जरिवाना सुनाएको छ भने खत्रीलाई सवारी ज्यान मुुद्धा अन्तरगत १ वर्ष ११ महिना ५ दिनको जेल सजाय सुनाएको छ ।

त्यस्तै बर्राचौर १ का भवानी प्रसाद पराजुली, पाखापानी ७ का इकेश गुरुङ, दिनेश नेपाली, सागर नेपाली,खिरमाया नेपाली रहेका छन् । उनीहरु सार्वजानिक अपराध अन्तरगतका मुद्धामा परेका हुन् । गुरुङलाई अदालतले २ सय ५० जरिवान तोकको छ भने अन्यलाई जनही २ हजारको फैसला सुनाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा पाखापानी ७ कै नन्दलाल साकी, सन्तु नेपाली, डिल बहादुर नेपाली, निरज नेपाली , नविन नेपाली, रुसबहादुर नेपाली रहेका छन् । उनीहरुलाई अदालतले जनही २ हजारको फैसला सुनाएको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा विभिन्न मुद्धमा फरार अभियुक्तको संख्या ३ सय २० रहेको छ । १५ दिनमा  प्रहरीले झण्डै ३ दर्जन फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!