विद्यार्थीले विदाको समयलाई थप अध्ययन गर्ने मौकाको रुपमा लिनुपर्नेमा जोड

Posted on: 04 Oct, 2016

नन्दराम जैशी | असोज १८, जुम्ला | बिद्यार्थीले दशै विदाको समयलाई थप अध्ययन गर्ने मौकाको रुपमा लिनु पर्नेमा सरोकावाला निकायले जोड दिएका छन् । दशै विदाको समयलाई रमाईलोका साथै थप अध्ययन गर्ने अवसरका रुपमा सदुपयोग गर्नु पर्ने शिक्षासंग सम्बन्धित सरोकारवालाको भनाइ छ । सम्पुर्ण विद्यार्थीले विदाको खाली समयको सहि सदुपयोग गर्नु पर्नेमा उनीहरुले जोड दिएका हुन् । जिल्ला शिक्षा कार्यालय जुम्लाले पनि सबै अभिभावकलाइ आफ्ना बालबालिकाहरुले गर्ने नियमित क्रियाकलापको निगरानी गर्न आग्रह गरेको छ ।

यति बेला आफ्ना बालबालिकाहरुको सहि हेरचाह गर्न आवश्यक पर्ने कार्यालयले जनाएको हो । विदाको समयमा पहिले अध्ययन गरेका बिषयबस्तुलाई पुर्नताजगीका रुपमा लिन सकिने विद्यालय निरिक्षक खडानन्द चौलागाईले बताउनु भयो । उहाँले विद्यार्थिहरुलाइ साथीसंगीहरु संग रमाईलोका साथै समय व्यवस्थापन गरी अध्ययनलाई पनि निरन्तरता दिनु पर्ने बताउनु भयो । बिदाको समयमा रमाईलो तथा भेटघाटका साथै विद्यार्थीले आफ्नो जिम्मेवारीलाई ख्याल राख्नु पर्ने विद्यालय निरिक्षक चौलागाईको भनाइ छ ।

दिनमा काम तथा भेटाघाट र चाडवाडमा रमाइलो गरेपनि विद्यार्थीलाई सकभर विहान बेलुकाको समय मिलाएर अध्ययन गर्न उहाँको सुझाब छ । उहाँका अनुसार  विद्यार्थी आफैमा एक काँचो माटो भएको भन्दै उसलाई भविश्यमा कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावकमा निहित रहेको बताइएको छ । दशैको समय अवधीभर खानपिनमा समेत ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले आग्रह गरेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!