खुल्ला लोक गित प्रतियोगितामा चन्द्रमुखी कल्ब प्रथम

Posted on: 04 Oct, 2016

कमल सुबेदी/असोज १८, पोखरा । चन्द्रमुखी सामुदायिक बाल क्लबले आयोजना गरेको खुल्ला लोक गित प्रतियोगिता  मा चन्दमुखि कल्ब प्रथम  भएको छ । 

सिर्कुतान आमा समुह  दितिय र नबदुर्गा आमा समूह तृतिय भएका छन् । खुल्ला लोक गित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै एमाले युवा नेता सुर्य भण्डारी बाल क्लब हरु सामाजिक काममा अग्रसर हुनुपर्ने बताए । 

यस्ता कार्यक्रम ले समाज परिवर्तनमा ठुलो भुमिका हुने बताउदै निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा पर्यटन ब्यसायि संगठन प्रदेश न ४ का सदस्य एमाले युवा नेता राजन सुवेदीले बिकास मा राजनिती नगरि अगाडि बढ्नुपर्ने बताउदै  समाज लाई फाईदा हुने र गाउको बिकास का लागि आफुले जस्तो सुकै सहयोग गर्ने बताए । 

कार्यक्रममा तिलक खड्का, एमाले थुम्किका अध्यक्ष तिल बहादु थापा, राम बाबु सुवेदी, मिनराज ओझा, बिष्णु भण्डारी, जीवन गोर्खाली, हरिमाया ओझा लालुमाया ओझा, सत्य राज सुवेदी, रामजि सुवेदी लगायतले बिजया दशमीको शुभकामना दिएका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!