नयाँ नोट किन छैन डडेल्धुरामा

Posted on: 06 Oct, 2016

ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ । नेपाल राष्ट्र बैंकले ९० लाख  नयाँ नोट दिएको केही  दिन सम्म वितरण गरे पछि बुधबार देखि सकिएको वाणिज्य बैंक डडेल्धुराका प्रवन्धक तुल वहादुर सुनारले बताएका छन् । नेपाल राष्ट्र बैंकले माँग अनुसार नयाँ नोट नदिदा अभाव भएको प्रवन्धक सुनारले बताएका छन् । राष्ट्रिय वाणिज्य वैंक मात्रै नभई डडेल्धुरामा रहेका  अन्य निजि बैंकहरुमा समेत नयाँ नोट पाईन छोडेको छ ।

राष्ट्रि वाणिज्य बैक डडेल्धुराले माँग अनुसारको नयाँ नोट नदिए पछि आफुहरु संग नयाँ नोट नभएको अन्य बैकहरुले जनाएका छन् । नयाँ नोट नपाए पछि नोट साट्न बैंक पुगेकाहरु रित्तो हात फिर्ता हुने गरेका छन् । शुक्रवार सम्म नयाँ नोट बाँड्ने भने पनि बुधबार नै नयाँ नोट पाउन छोडे पछि नयाँ नोट लिन आउनेहरु बैंक प्रति आक्रोशित बनेका छन् । नयाँ नोट नपाए पछि ग्रहाक पुरानै नोट लैजान वाध्य भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!