पत्रकार शाहीको सम्झनामा फलफूल वितरण

Posted on: 07 Oct, 2016

असोज २१, डोटी | डोटीमा भएको सडक दुर्घटनामा निधन भएका पत्रकार कर्ण शाहीको सम्झनामा बिहीबार समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई फलफूल वितरण गरिएको छ ।

पत्रकार शाहीका भाई प्रकाश शाहीले दाईको वार्षिक पुण्यतिथीमा फलफूल वितरण गरेका हुन् । दुई वर्षअघि २०७१ असोज २० गते डोटीको जोरायल बस दुर्घटना हुँदा पत्रकार कर्ण शाही सहित २८ जना यात्रुको मृत्यु भएको थियो । प्रकाश शाहीले दाईको वार्षिक पुण्यतिथिमा अनाथ बालबालिकालाई फलफूल वितरण र महेन्द्रनगरका पत्रकारलाई एउटा÷एउटा कलम पनि वितरण गरेका छन् ।

दुर्घटनापछि पत्रकार महासंघ कञ्चनपुर तथा हेल्प नेपाल महेन्द्रनगरले आर्थिक सहयोग गरेकोप्रति शाहीका परिवारले धन्यवाद ज्ञापन गरेका छन् । स्व. कर्ण शाहीकी आमाले हेल्प नेपालका अध्यक्ष मदन चन्द तथा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मण तिवारीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

स्व. पत्रकार शाहीले महेन्द्रनगर र धनगढीका विभिन्न सञ्चारमाध्यममा आवद्ध भएर काम गरेका थिए । शाहीले काठमाडौंबाट प्रकाशित हुने आर्थिक अभियान दैनिकसँग समेत आवद्ध थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!