डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

Posted on: 13 Oct, 2016

असोज २७, डोटी | डोटीको सदरमुकामबाट सिलगडीबाट गाजरीतर्फ जाँदै गरेको जिप बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | जाजरी गाविस १ स्थित पालेबनमा एक्कासी जिप दुर्घटना भएको प्रहरीले जनाएको छ | 

मे १ ज ६११ नम्बरको जिप ग्रामिण सडकमा दुर्घटना हुँदा गाजरी गाविस २ बस्ने २३ बर्षीय स्मृति कुवरको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार अन्य ४ जना घाइते भएका छन् जसमा १ जनाको स्थिति गम्भीर छ | घाइतेहरुमा गाजरी २ कि ३६ बर्षीय सिता कुवर, सोहि ठाउँमा बने ३५ बर्षीय नर बहादुर कुवर, २६ बर्षीय दुर्गादेवी कुवर र १५ बर्षीय शिव भुल घाइते भएका छन् | घाइते सिता कुवरर्लाई नेपालगंज रिफर गरिएको छ | 

डोटीको ग्रामिण सडकको स्थिति निकै नाजुक हुँदा पछिल्लो समय दुर्घटना बढेको छ | सर्वसाधारणका अनुसार समयमै सडक मर्मत हुन नसके यस्ता दुर्घटना अझै बढ्न सक्ने बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!