चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेलार्इ पश्चिम नेपाल कला मञ्चद्धारा सम्मान

Posted on: 16 Oct, 2016

                            14625442_364286637237053_390181440_n ठाकुर रसाईली, पर्वत । पश्चिम नेपाकल कला मञ्चकोे आयोजनामा सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय चलचित्र र नाटक लेखन, निर्देशन, निर्माणमा व्यस्त नेपाल चलचित्र निर्देशक समाजका महासचिव गोपालचन्द्र लामिछानेलाइ एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।


कार्यक्रममा बोल्दै निर्देशक लामिछानेले कलाकारीतामा लाग्दा आफुले विगत र वर्तमानमा भोगेका अनुभवहरु सुनाउदै पश्चिम नेपाल कला मञ्चले धौलागिरीको कलाकारीताको बिकासमा खेलेको भुमिकाको प्रसंसा गर्नुभएको थियो ।


उहांले पश्चिम नेपाल कला मञ्चको बिकासमा आफुले हरेक सहयोग गर्ने प्रतिवद्धता समेत व्यतm गर्नुभयो । यहाँंका कलाकारहरुले निर्माण गरेको हाँस्यटेलिसिरियल भताभुंगलाइ राष्टिय स्तरको सिरियल बनाउन सहयोग गरी आफुले निर्माण गर्ने चलचित्रहरुमा कलाकारहरुलाइ समावेस गर्दै संधै यहाँका कलाकारसँग सहकार्य गर्ने बताउनु भयो ।


त्यस्तै कार्यक्रममा बोल्दै कलाकार शंकर गिरीले पश्चिम नेपाल कला मञ्चले गाउंगाउंमा लुकेर रहेका कलाकारहरुको प्रतिभालाई उजागर गरी हास्यटेलिसिरीयल भताभुंग मार्फत समाजमा रहेक कुरीति,कुसंस्कार विकृति,विसँगति,अनियमितता,भ्रष्टचार र समाजका यथार्थ देशकाल परिस्थितिलाई दर्शकको चाहनानुसार ब्याङग्यात्मक रुपमा प्रस्तुत गरी समाजलाइ सचेत पार्न र सबैलाइ शिक्षा दिंदै सिरियलमार्फत यस क्षेत्रको धार्मिक,सामाजिक,सांस्कृतिक र पर्यटकय क्षेत्रको प्रवद्दन गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै यसको बिकासकालागि आफुको हरेक सहयोग रहने समेत प्रतिवद्दता व्यतm गर्नुभयो ।


कार्यक्रममा पश्चिम नेपाल कला मञ्चका अध्यक्ष दिपेन्द्र रामदाम चन्द्र, उपाध्यक्ष थमन पुर्जा, हास्यटेलि सिरियल भताभुंगका निर्देशक किसान बिसी, मञ्चका सचिव ठाकुर रसाईली लगायतले वोल्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!