हेटौडामा रक्तदान कार्यक्रम हुने

Posted on: 11 Jan, 2016

पुस २७, मकवानपुर । लायन्स क्लव अफ हेटौडा भुटन देवि र लायन्स क्लव अफ हेटौडा पाथिभराको संयुक्त आयोजनामा भोली रक्तदान कार्यक्रम हुने भएको छ ।जनवरी १३ अर्थात पुस २९ गते परेको लायन्सको जन्मदाता माल्भिन जोन्सको जन्मजयन्तिको अवसरमा संचालन भइरहको सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन भोलि रक्तदान कार्यक्रम आयोजना गरीएको लायन्स क्लव अ्फ हेटौडा भुटनदेकि अध्यक्ष अंकिता सुमार्गिले जानकारी दिनु भयो ।

मकवानपुर तथा अन्य जिल्लामा भएको रगतको मागलाइ पनि मध्यनजर गर्दै आयोजना गरीएको कार्यक्रममा सहभागिहुन उहाले सवैसग आग्रह पनि गर्न‘ भएको छ ।रक्तदान कार्यक्रम हेटौडा व्द्ध चोकमा विहान ८ बजे वाट स्रु ह्ने वताइएको छ ।सामाजिक कार्य गर्दै मनाइएको लायन्सको सप्ताहाब्यापी कार्यक्रमको समापन भने जनवरी १६ अर्थात माघ २ गते ह्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!