युवा तथा खेलकुद मन्त्रालयले मकवानपुरमा ४० जनालाई मेसिन सम्वन्धि तालिम दिने

Posted on: 13 Jan, 2016

पुस २९, मकवानपुर / युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित विभिन्न सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ । जस अनुसार मकवानपुरमा २० ,२० जनालाई मेसिन सम्वधि ४० दिने तालिम संचालन हुने भएको हो । मेसिन सम्वन्धि तालिम मकवानपुर सहित रुसुवा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, दोलखा, रामेछाप, नुवाकोट, सिन्धुली, गुल्मी, बर्दिया र कालिकोटमा संचालन हुने जनाइएको छ ।

त्यस्तै अन्य जिल्लाहरुमा पनि मन्त्रालयले बेमौसमी तरकारी खेती, गाइपालन, बाख्रापालन, ब्यूटिसियन, खाद्य तथा फलफूल प्रशोधन, स्टिल फिक्चर्स, सुरक्षा गार्ड, विषादीररसायनिक मल प्रयोग विधिसहित १७ वटा क्षेत्रमा युवा लक्षित तालिम सञ्चालन गर्न लागेको हो । यी क्षेत्रमा देश भर वाट एक हजार ४० जनालाई तालिम दिन मन्त्रालयले आवेदन माग गरेको छ ।

आवेदन दिएकामध्ये छनौट भएकालाई १५ दिनदेखि ३ महिनासम्मको तालिम दिन लागिएको मन्त्रालयले जनाएको छ । साक्षरदेखि कक्षा १२ उत्तिर्ण गरेकाले आवेदन दिन सक्नेछन् । तालिममा सहभागी हुन चाहानेले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीसहित घरेलु तथा साना उद्योग कार्यालय वा घरेलु तथा साना उद्योग विकास समितिमा सम्पर्क गर्न सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!